सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

ओकेखबर संवाददाता २१ मंसिर २०८०, बिहीबार २१:३४ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौ। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशसहितविरुद्ध परेका उजुरी अध्ययनका लागि संसदीय समिति सदस्यलाई वितरण गरिएको छ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूतविरुद्ध ११ वटा उजुरी परेको जानकारी दिए।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू महेश शर्मा पौडेल, सारंगा सुवेदी, सुनिलकुमार पोखरेल, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल तथा पोर्चुगलका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको संसदीय सुनुवाइका क्रममा उजुरी आह्वान गरिएको थियो।

सो आह्वानअनुसार उनीहरुविरुद्ध परेका ११वटा उजुरी अध्ययनका लागि बिहीबार समिति सदस्यहरुलाई वितरण गरिएको हो। साथै सदस्यहरुलाई प्रस्तावित न्यायाधीश र राजदूतको कार्ययोजना पनि अध्ययनका निम्ति वितरण गरिएको छ।


सम्बन्धित खबरहरु