कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?

ओकेखबर संवाददाता १३ मंसिर २०८०, बुधबार ०८:४३ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।

उनका अनुसार महासमिति बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ। त्यसैले यस विषयमा पनि छलफल हुने छ ।

कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।

आज महामन्त्रीद्वय थापा र शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने पनि तयारी रहेकाे छ।


सम्बन्धित खबरहरु