प्रहरी समायोजन गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

ओकेखबर संवाददाता १३ मंसिर २०८०, बुधबार ०८:११ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिलामन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् । प्रदेशहरूको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उनी ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानतः प्रदेशहरूलाई अधिकारसम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए । सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएको सन्दर्भमा सरकार संवेदनशील रहेको उनले बताए ।

भेटघाटमा आन्तरिक मामिलामन्त्रीहरू वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जीसी तथा सुदूरपश्चिमका शिवराज भट्ट सहभागी थिए भने गण्डकीकी उर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिनाविभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए।


सम्बन्धित खबरहरु