भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी

ओकेखबर संवाददाता १३ मंसिर २०८०, बुधबार ०८:०१ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । निक्कै रोमाञ्चक भएको खेलमा जितसँगै अष्ट्रेलिया पाँच खेलको शृङ्खलामा २–१ ले पछि छ । गुवाहाटीमा हिजो भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए । उनी एक सय चार रनमा अविजित रहे । ट्रविस हेड ३५ रनमा आउट भए । कप्तान म्याथ्यु वेड २८ रनमा अविजित रहे । भारतका रवि विश्रोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । तिलक बर्मा ३१ रनमा अविजित रहे ।

अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले एक/एक विकेट लिए । भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको एकदिवसीय विश्वकप क्रिकेटमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जितेको थियो ।


सम्बन्धित खबरहरु