सर्वोच्च अदालतले माग्‍यो काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार १८:३५ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौ। सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण सोधेको छ । शुक्रवार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले सो आदेश गरेको हो । अधिवक्ता स्वागत नेपालले शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै रिट निवेदन दर्ता गराएका हुन्।

अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।

 


सम्बन्धित खबरहरु