प्रहरीका २० जना एसएसपीको सरुवा र पदस्थापन, काे कहाँ पुगे ? (सूचीसहित)

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार ०९:३९ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडाैं। नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा, काज तथा पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार भर्खरै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका पाँच जना एसएसपीको पदस्थापनसहित २० जनाको सरुवा तथा काज पनि गरेको हो ।

जसमा यस अघि जिल्ला परिसर काठमाडौंको प्रमुखमा काजमा खटाइएका भुपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजमा खटाइएका सोमेन्द्रसिंह राठौर र प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयमा काजमा खटाइएका डा.मनोजकुमार केसीलाई काजमै खटाइएको ठाउँमा सरुवा गरेको छ।


सम्बन्धित खबरहरु