सुन तस्करी जाँचबुझ आयोगमा चार अधिकृत थपिने

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार १३:०५ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं। मन्त्रिपरिषद्को बिहीबारको बैठकले सुन तस्करीको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय छानबिन आयोगमा चार जना अधिकृत थप गर्ने निर्णय गरेको छ ।

आयोगको मागअनुसार एक उपसचिव, सरकारी वकिल, राजश्वका उपसचिव र प्रहरी नायब उपरीक्षक ९डीएएसपी० थप गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगमा तथ्यांक विश्लेषण गर्ने दक्ष जनशक्ति आवश्यक भएकाले एक शाखा अधिकृतलाई पनि थप गर्ने निर्णय भएको छ ।

गत असोज १४ मा मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको आयोग गठन गरिएको थियो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्विजरल्यान्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान पनि स्वीकार गरेको छ ।


सम्बन्धित खबरहरु