रौतहटबाट ४ थान पेस्तोल र १३ राउण्ड गोली बरामद

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार ०८:२४ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

रौतहट । प्रहरीले रौतहटबाट विभिन्न प्रकारका चारथान पेस्तोल र त्यसमा लाग्ने १३ थान गोली बरामद गरेको छ।

यमुनामाई नगरपालिका ३ मलेनियास्थित फुसको छानो भएको एक कच्चीबाट हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

डीएसपी दामोदर केसीका अनुसार पुसको घरभित्र हातहतियार लुकाई छिपाई राखिएको भनेर आएको सूचनाको आधामार पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले हतियार बरामद गरेको हो।

हतियार बरामद भएको घर कसको हो, त्यो भने प्रहरीले खुलाएको छैन। बरामद भएका हतियार इलाका प्रहरी कर्यालय गरुडामा राखेर अनुसन्धान अघि बढाइएको डीएसपी केसीले बताए। यो घटनामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए।

मेडइन यूएसए लेखिएको पेस्तोल २ थान, अटो पेस्तोल १ थान, लामो नाल भएको एयरगन १ थान, १३ राउण्ड गोली, पेस्तोलको खाली म्यागजिन ६ थान, मोवाइल २ थान, घडी एक थान, सिमकार्ड ४ थान, पेनड्राइभ एक थान र शेख एजाज अहमदको नेपाली नागरिकता बरामद भएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु