चलचित्र ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

ओकेखबर संवाददाता ४ मंसिर २०८०, सोमबार १४:२६ मा प्रकाशित ( महिना अघि) ४७ पाठक संख्या

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन्। फिल्ममा शिल्पा भित्रिएको निर्माण टिमले जानकारी दिएको हो। शिल्पा अनुबन्धित भएसँगै फिल्ममा कलाकारहरूको लाइनअप पूरा भएको निर्देशक शेर्पाले जानकारी दिए।

यसअघि फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त र नवअभिनेत्री छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन्।

शेर्पाको डेब्यू निर्देशकीय यस फिल्मले शेर्पा जातिको सामाजिक कथावस्तुलाई समेटेको छ। फिल्ममा शेर्पाको नै कथा, पटकथा तथा संवाद छ। यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् । यार्सा फिल्मस्‌को ब्यानरमा निर्माण हुने फिल्ममा पुरुषोत्तम प्रधानको भिडिओग्राफी रहनेछ।

केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ। यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ।


सम्बन्धित खबरहरु