‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्माण टिमको घोषणा

ओकेखबर संवाददाता ३० कार्तिक २०८०, बिहीबार ०९:०६ मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

काठमाडौ। फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विदेशी फिल्म भन्दा कम शो दिएकोमा आपत्ति जनाउँदै यस्तो घोषणा गरेका हुन् ।

‘हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।’ उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

विगतदेखि नै असमान व्यवहार भैरहेको र यसपटक आफूहरुले प्रतिवाद गरेको उनीहरुले बताएका छन् ।

‘विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो। प्रतिवाद गर्ने निर्णय गरेका छौं। ‘विज्ञप्तिमा भनिएको छ,’हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराव दर्शकहरूलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।’


सम्बन्धित खबरहरु