भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य

ओकेखबर संवाददाता २९ कार्तिक २०८०, बुधबार १७:०१ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो । भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए ।

कोहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए । न्युजिल्यान्डले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


सम्बन्धित खबरहरु