अघि बढ्यो टिकटक बन्द गर्ने प्रक्रिया (विज्ञप्ति)

ओकेखबर संवाददाता २८ कार्तिक २०८०, मंगलवार ०९:२१ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई सरकारले गरेको निर्णयको प्रतिलिपिसहित निर्णय कार्यान्वन गर्न निर्देशन गरेको हो ।

 

मन्त्रालयले सकेसम्म छिटो नेपालमा टिकटक बन्द गर्न निर्देशन दिइएको छ । प्राधिकरणले पनि मन्त्रालयले गरेको पत्राचार अनुसार नै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकमा सामाजिक सदभाव खल्बलाउने गतिबिधि भएको भन्दै आजैदेखि टिकटक बन्दगर्ने निर्णय गरेको थियो ।


सम्बन्धित खबरहरु