सरकारले किन लगायो टिकटक प्रयोगमा रोक ?

ओकेखबर संवाददाता २७ कार्तिक २०८०, सोमबार १७:२६ मा प्रकाशित ( महिना अघि) ६९ पाठक संख्या

काठमाडौं । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार सामाजिक सद्‌भाव बिथोल्ने गतिविधि भइरहेकाले टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।

अर्का एकजना मन्त्रीले पनि समाजिक सद्‌भाव बिथोल्ने, सामाजिक मर्यादाविपरीतका अभिव्यक्ति दिने र भल्गर सामग्री राख्ने प्लेटफर्मका रूपमा विकास भएकाले टिकटक तत्काललाई बन्द गर्ने निर्णय गरिएको हो ।

ती मन्त्रीका अनुसार अबको केही घण्टामा टिकटक चल्ने छैन ।


सम्बन्धित खबरहरु