यस्ता छन् तिते करेलाका फाइदा र बेफाइदा

ओकेखबर संवाददाता २१ कार्तिक २०८०, मंगलवार १८:४९ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौ। खाँदा तितो भएता पनि करेला हाम्रा स्वास्थ्यलाई भने अति नै लाभदायिक हुने गर्दछ । तितो भएका कारण कसैलाई मन पर्छ कसैलाई मन पर्दैन ।

करेलाका केही फाइदाहरू भएकाले यसलाई कहिले काँही मात्र सेवन गर्न सकिन्छ । के छन् त यसका फाइदाहरू भन्ने विषयमा हामी जानकारी दिने छौ ।

करेलाका फाइदाहरू:
करेला शीतल खाद्य भएका कारण गर्मी महिनामा खान उचित मानिन्छ । शरीरमा कफ जम्मा भएमा करेला सेवन गर्दा करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पु¥याउँछ ।

मधुमेह भएकाहरूलाई करेलाको तरकारी अथवा करेलाको जुस सेवन गर्दा उत्तम मानिन्छ भने अन्य व्यक्तिले भने धेरै खान उचित मानिँदैन ।

यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ । कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूका लागि पनि यसको तरकारी ज्यादै फलदायी मानिन्छ ।

यसले पाचन शक्तिलाई बलियो बनाउनुको साथै भोक जगाउँछ । दमको समस्या भएका बिरामीहरुले करेलाको तरकारीमा मसला नहाली खादा राम्रो हुन्छ । काँचो करेला खादा पक्ष घात भएका बिरामीहरूमा सुधार आउने गर्दछ ।

करेलाले रगत सफा पार्ने काम गर्दछ । बाथ रोग र हात खुट्टा दुख्ने समस्या भएमा काँचो करेलाको झोलले मालिस गर्दा विरामिलाई फाइदा हुने गर्दछ ।

करेलाका बेफाइदाहरू:

करेला सेवन गर्दा केही कुराहरूमा फाइदा भए तापनि केही कुराहरूमा भने बेफाइदा हुने गर्दछ । गर्भावस्थामा करेला सेवन गर्नाले गर्भमा रहेको बच्चालाई हानि हुने भएकाले गर्भवती महिलाले भने यसको सेवन गर्न उचित मानिँदैन ।

करेला दैनिक सेवन गर्नाले कलेजोमा हानिकारक हुने गर्दछ । त्यसैले यसको सेवन दैनिक नगर्दा उचित रहन्छ । त्यसै गरि करेला फाइदा जनक मात्र होइन बेफाइदा पनि हुने गर्दछ । त्यसैले करेला दिनहुँ प्रयोग गर्नु हुँदैन ।

 


सम्बन्धित खबरहरु