खुम्बु भ्रमणमा आएका कोरियन नागरिक मृत फेला

ओकेखबर संवाददाता १६ कार्तिक २०८०, बिहीबार ०८:४२ मा प्रकाशित ( महिना अघि) ८४ पाठक संख्या

काठमाडौं । नेपाल भ्रमणमा आएका एक कोरियन नागरिक सोलुखुम्बुमा मृत फेला परेका छन्।

कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङ ल्हामु गाउँपालिका-४ स्थित गोक्यो रिसोर्टको बाथरुममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मंगलबार राति मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

गएको असोज ३० गते ग्याङ सगरमाथा क्षेत्रको भ्रमणका लागि सोलुखुम्बु गएका थिए। उनको मृत्युको कारण खुलेको छैन।


सम्बन्धित खबरहरु