डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित, नेपालका आचार्य पराजित

ओकेखबर संवाददाता १५ कार्तिक २०८०, बुधबार १४:३९ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् । नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन् ।

भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले आज बुधवार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदलाई क्षेत्रीय निर्देशक चयन गरेको हो ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने व्यवस्था छ ।

यस पटक सैनिक शासन भएका कारण म्यानमारले मतदान गर्न नपाएकाले १० वटा देशमात्रै मतदानमा सहभागी भएका छन् । सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुन्छन् । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वको टोली क्षेत्रीय बैठकमा भाग लिन नयाँ दिल्ली गएको थियो ।


सम्बन्धित खबरहरु