सरकारले भन्योः उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त हुनुहुन्छ

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार १२:५६ मा प्रकाशित ( महिना अघि) २७२ पाठक संख्या

काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको बताइन् ।

‘गृहमन्त्रीज्यु अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,’ प्रवक्ता शर्माले भनिन्, ‘उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनु हुनेछ । बोल्नसक्ने स्थितिमा आउनुभएको छ ।’

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि उनी बेइजिङस्थित एक अस्पताल भर्ना भएका थिए।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए ।


सम्बन्धित खबरहरु