‘पशुपति प्रसाद २ः भष्मे डन’ले देशभरका हलमा कती पायो शोज ?

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार १२:२४ मा प्रकाशित ( महिना अघि) १२८ पाठक संख्या

काठमाडौं । बलिउड चलचित्र ‘गणपथ’ र साउथ चलचित्र ‘लियो’का कारण शनिबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ले देशभरका हलमा सुखद शोज मात्र पाएको छ । यी दुई चलचित्र रिलिज नभएको भए यो चलचित्रले देशभर आक्रामक शोज पाउने निश्चित थियो । तर, सुरुवाती दिनमा शोजमा केही प्रभाव परेपनि यसपछिका दिनमा वर्ड अफ माउथले नै काम गर्नेछ ।
यो चलचित्रलाई क्यूएफएक्स चेनले देशभरका १० वटा हलमा ६३ शोज उपलब्ध गराएको छ । अन्य दुई विदेशी चलचित्रलाई पनि शोज बाँडफाँड गर्नुपरेकाले क्यूएफएक्समा यो चलचित्रले सुखद मात्र शोज पाएको छ । यस्तै, वान सिनेमाज् नयाँ बाँनेश्वर कालिमाटीमा यो चलचित्रले १३ शोज पाएको छ । बीग मुभिजमा चलचित्रलाई ६ शोज दिइएको छ । यस्तै, एफक्यूब हलमा चलचित्रलाई ९ शोज मिलेको छ ।
आई एन आई सिन्माज् नयाँ बाँनेश्वरमा चलचित्रले ५ शोज पाएको छ ।
देशभरका सबैजसो हल गरेर यो चलचित्रले डेढ सय भन्दा बढी शोज प्राप्त गरेको छ । यसैले, यो चलचित्रले ओपनिङ व्यापार २ करोड भन्दा माथि गर्ने प्रक्षेपण गरिएको छ ।
चलचित्रको उच्च हाइप, हिट चलचित्रको सिक्वेल, बलियो टिमका कारण पनि यो चलचित्रले विष्फोटक ओपनिङ गर्नुपर्ने हुन्छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा यो चलचित्र तयार भएको हो ।


सम्बन्धित खबरहरु