विधेयकमा मेरो पनि असहमति छ, तर विद्यालय बन्द गरे कारबाही गर्छुः बालेन

ओकेखबर संवाददाता ३ आश्विन २०८०, बुधबार २०:४९ मा प्रकाशित ( महिना अघि) ४९ पाठक संख्या

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताएका छन् ।

उनले शिक्षा ऐन बनाउने अधिकार स्थानीय तहको भएको भन्दै संघीय सरकारले विधेयक संसदमा ल्याउनु नै संविधानको बर्खिलाप भएको बताएका छन् ।

उनले संघीय सरकारले शिक्षा ऐन तर्जुमान गरी राष्ट्रिय शिक्षा नीति ल्याउनुपर्नेमा विधेयक ल्याएको भन्दै त्यसलाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।

शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौं जम्मा भएर आन्दोलन गरिरहेका बेला बालेन पनि सो विधेयक अस्वीकार्य भएको बताएका हुन् ।

तर, विद्यालयमा पठपाठन बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई भने कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।


सम्बन्धित खबरहरु