काठमाडौंको दुई ठाउँमा शंकास्पद वस्तु फेला, सेनाद्धारा डिस्पोज

ओकेखबर संवाददाता २ मंसिर २०७९, शुक्रबार ०८:०० मा प्रकाशित ( साल अघि) १४६ पाठक संख्या

काठमाडौं । आमनिर्वाचनको संघारमा निर्वाचनमा बिथोल्न र त्रास उत्पन्नगर्ने उद्देश्यले काठमाडौंका दुई सम्बेदनशील स्थानमा राखिएका शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । दुबै घटना बिहीबार राती ( शुक्रबार बिहान दुई र तीनबजे आसपास) का हुन् ।

प्रहरी स्रोतका अनुसार बूढानीलकण्ठको स्पेशल चोकको सडक खण्डमा शुक्रबार बिहान २ बजेर ४० मिनेटमा शंकास्पद वस्तु फेला परेको थियो । यसलाई सेनाका मेजरको कमाण्डमा खटिएको बम डिस्पोजल टोली पुगेर डिस्पोज गरेको थियो ।

यस्तै अर्को शंकास्पद वस्तु हाडीगाउँस्थित भत्केकोपुल जाने बाटोमा शुक्रबार बिहान दुई बजेर २० मिनेटमा फेला परेको थियो । यसलाई समेत सेनाको टोलीले डिस्पोज गरेको हो ।

यो घटनामा बाटो किनारमा पार्कीङ गरिराखेको बा २ ज २०२ नम्वरको ट्याक्सीको दाहिने चक्कामा टेपले बेरेको लामो तार जस्तो देखिने प्रेसर कुकर राखिएको थियो ।

निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय सक्रिय रहेपनि निर्वाचन बिथोल्न तल्लिन रहेका संगठनहरुले यस्ता शंकास्पद वस्तुहरु राखेर मतदातामा त्रास फैलाउने कार्य गरिरहेका छन् ।


सम्बन्धित खबरहरु