इस्तानबुलमा विस्फोटः मृत्यु हुने ६ पुगे, अतिवादी हमला भएको अनुमान

ओकेखबर संवाददाता २८ कार्तिक २०७९, सोमबार ०८:१३ मा प्रकाशित ( साल अघि) २८० पाठक संख्या

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए।

इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा आतंकको गन्ध आएको बताए। न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन्। विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।


सम्बन्धित खबरहरु