अर्थमन्त्री शर्मामाथि छानबिन सुरु, निर्दोष ठहरिए मन्त्रालय फर्किने

ओकेखबर संवाददाता २८ असार २०७९, मंगलवार ०९:२० मा प्रकाशित ( साल अघि) ४७४ पाठक संख्या

काठमाडौं । अर्थ मन्त्रालयको सिसिटिभी फुटेज अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट काम थाल्ने भएको छ । असार २२ गते संसद्‌मा बनेको ११ सदस्यीय छानबिन विशेष समितिले आजबाट कार्याप्रारम्भ गर्ने भएको हो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । यसअघि २४ गते सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक बोलाएर कार्यदिशा दिएका छन् । आज बस्ने बैठकले समितिको सभापति छान्ने र कार्यविधिसमेत बनाउने समितिकी सदस्य सरलाकुमारी यादवले जानकारी दिइन् ।

त्यसपछि २र३ दिनभित्र काम सकाउनेगरी कार्य गर्ने समितिले जनाएको छ । समितिको कार्यअवधि १० दिनको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्माले २२ गते नै राजीनामा दिएका छन् । अब यदि उनी निर्दोष ठहरिए भने पुनः अर्थमन्त्रीका रूपमा मन्त्रालय फर्किनेछन् ।


सम्बन्धित खबरहरु