आज: 

पर्यटन क्षेत्रको पुनःरुत्थान उच्च प्राथमिकतामा : पर्यटनमन्त्री श्रेष्ठ

ओके खबर २१ असार २०७९, मंगलवार २१:२० मा प्रकाशित ( महिना अघि) २७५ पाठक संख्या

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

 

पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन ।

 

मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थानका लागि सरकार उच्च प्राथमिकताका साथ काम गर्ने बताएका छन्।

 

मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्नसमेत आग्रह गरे।

 

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रवर्द्धन गर्ने हिसाबले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहको जानकारी दिए।


सम्बन्धित खबरहरु