आज: 

चीनले चन्द्रमा कब्जा गर्न खोजेको आरोप

ओके खबर २१ असार २०७९, मंगलवार ०८:१८ मा प्रकाशित ( 0 महिना अघि) ३१६ पाठक संख्या

काठमाडौं । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाका प्रमुखले चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको आरोप लगाएका छन्।

नासाका एड्मिनिस्ट्रेटर बिल नेलसनले जर्मन सञ्चारमाध्यमसँगको कुराकानीमा चीनले चन्द्रमामा आफ्नो सेना उतार्न लागेको र आगामी दिनमा उसले चन्द्रमा मेरो हो भनेर दाबी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनले चीनको अन्तरिक्ष कार्यक्रम एक सैन्य अभियान रहेको र त्यसका लागि उसले अन्य मुलुकको प्रविधि र योजना चोरेको आरोप लगाएका थिए।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार चीनको अन्तरिक्ष कार्यक्रम सामान्य रहेको बताएका छन्। उनले अमेरिकाले चीनलाई बदनाम गराउने प्रयत्न मात्र गरेको आरोप लगाए।

चीनले सन् २०१३ मा पहिलोपटक चन्द्रमामा आफ्नो मानवरहित रकेट अवतरण गरेको थियो। चीनले सन् २०३० सम्ममा पहिलो मानव मिसन चन्द्रमामा अवतरण गराउने रहेको छ। त्यस्तै नासाले सन् २०२५ सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा मानव मिसन अवतरण गराउने योजना बनाइरहेको छ।


सम्बन्धित खबरहरु