६ महिनामा भित्रिए २ लाख ३७ हजार पर्यटक

ओकेखबर संवाददाता २० असार २०७९, सोमबार ०७:३९ मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

काठमाडौं । सन् २०२२ को जुनमा झण्डै ४७ हजार पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा ४६ हजार नौ सय ५७ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। यससँगै सन् २०२२ को ६ महिनामा दुई लाख ३७ हजार ६५४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

पर्यटक आगमनको संख्या भने अघिल्लो महिनाको तुलनामा कम छ। यसअघि मे महिनामा ५३ हजार ६ जना ८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। मेको तुलनामा जुनमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा साढे ६ हजारले घटेको छ। मेमा सबैभन्दा बढी भारतीय पर्यटक भ्रमणका लागि नेपाल आएका हुन्।

कुन महिना कति पर्यटक भित्रिए:
जनवरी- १६ हजार ९७५
फेब्रुअरी- १९ हजार ७६६
मार्च- ४२ हजार ६
अप्रिल- ५८ हजार ३४८
मे- ५३ हजार ६०८
जुन- ४६ हजार ९५७


सम्बन्धित खबरहरु