नेपालमा फेरि कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्ट फैलिएको हो?

ओकेखबर संवाददाता १९ असार २०७९, आईतवार ०८:३४ मा प्रकाशित ( साल अघि) ३३३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै गएको छ। भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको हो ।

नेपालमा असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् । अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसियु)मा रहेका छन् ।

नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए ।


सम्बन्धित खबरहरु