भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको आदेश

ओकेखबर संवाददाता २७ फाल्गुन २०७८, शुक्रबार ०८:१७ मा प्रकाशित ( साल अघि) ३१२ पाठक संख्या

काठमाडौं । उच्च अदालत पाटनले शनिवार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । हिजो न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।

भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक–समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।


सम्बन्धित खबरहरु