कोरोना संक्रकण : हटाइयो सबै प्रतिबन्ध

ओकेखबर संवाददाता २१ फाल्गुन २०७८, शनिबार ०९:३४ मा प्रकाशित ( साल अघि) ३०१ पाठक संख्या

काठमाडौं । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ।

उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघिका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी दिएका हुन्।

पछिल्लो समय कोरोना संक्रमण घट्दै गएकाले यही फागुन २१ गते शनिबारदेखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन सकिने आदेशमा उल्लेख छ। तर यस्ता गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
यसअघि उपत्यकाका तीनै प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरेका थिए।


सम्बन्धित खबरहरु