फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ओकेखबर संवाददाता १९ फाल्गुन २०७८, बिहीबार २१:३१ मा प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो ।

निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।


सम्बन्धित खबरहरु