लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प

ओकेखबर संवाददाता १० फाल्गुन २०७८, मंगलवार ०९:०२ मा प्रकाशित ( साल अघि) १०४ पाठक संख्या

काठमाडौं । लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । अनुसन्धान केन्द्रले लमजुङ भूकम्पको जोखिम रहेको बताएको छ ।

जिल्लामा यसअघि गएको माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो।


सम्बन्धित खबरहरु