कोरोना संक्रमणका कारण कलाकार शम्भु थापा (बखते दाई) को मृत्यु

ओकेखबर संवाददाता ५ भाद्र २०७८, शनिबार ०७:२९ मा प्रकाशित ( साल अघि) १५२ पाठक संख्या

काठमाडौं । हल्का रमाइलोका कलाकार शम्मु थापा (बखते दाई) को ज्यान गएको छ । कोरोना संक्रमित भएपछि उनको पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले कलाकार शम्भु थापाको ज्यान गएको पुष्टि गरेका हुन् । केही दिनअघि मात्रै कलाकार मरिचमान श्रेष्ठले उपचारका लागि राजु मास्टर र आफूले ५० हजार रुपैयाँ, कृष्ण सिवाकोटीले १० हजार रुपैयाँ, कमल रेग्मीले ७ हजार रुपैयाँ सहयोग गरेको जानकारी गराएका थिए ।

सानो पर्दाका लोकप्रिय कलाकार शम्भु राज थापाको स्वास्थ्य अवस्था बिग्रिएर भेन्टिलेटरमा राख्नुभन्दा एक दिनअघि कलाकार थापाकी छोरी अंशु थापाले सोमबार बुवाको हात समाउँदै गरेको तस्बिर फेसबुकमा शेयर लेखेकी छिन् –‘मिल्ने भए बाबा मेरै एक मुठी सास हजुरलाई दिने थिएँ ।’

सानो पर्दाका लोकप्रिय कलाकार शम्भूराज थापा पछिल्लो एक सातादेखि गम्भिर रुपले अस्वस्थ भएका थिए । कोरोना भाइरसको संक्रमण पुष्टि भएर घरकै आइसोलेशनमा बसिरहेका थापालाई गत साता स्वास प्रस्वासमा समस्या भएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरको दुई दिनपछि आईसियूमा भर्ना गरिएका कलाकार थापालाई मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको थियो । कलाकार थापाले ‘हल्का रमाइलो’, गोलमाल, मेरी बास्सै लगायत दर्जनौं श्रृंखलाहरुमा अभिनय गरेर दर्शकको मन जित्दै आएका थिए ।


सम्बन्धित खबरहरु