मनमोहन मेमोरियल अस्पतालको बदमासी : आफन्तको मञ्जुरी नलिइ अप्रेशन गर्दा बिरामीको ज्यान गयो

ओकेखबर संवाददाता ४ भाद्र २०७८, शुक्रबार १३:०७ मा प्रकाशित ( साल अघि) १५७ पाठक संख्या

काठमाडौं । काठमाडौंमा रहेको मनमोहन मेमोरियल अस्पतालमा आफन्तको मञ्जुरी नलिइ अप्रेशन गर्दा बिरामीको ज्यान गएको छ ।

स्वयम्भुस्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिडेटद्वारा संञ्चालित मनमोहन मेमोरियल अस्पतालमा उपचारत निलकण्ठ नगरपालिका–९, काफलपानीका ५५ वर्षिय धनबहादुर गुरुङको ज्यान गएको हो ।

गएको भदौ १ गते अंरिगालले टोकेर धादिङ अस्पतालमा सामान्य उपचार पछि पाटन अस्पताल काठमाण्डौं रिफर भएका गुरुङको पछि थप उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो ।

विरामीको सघन कक्षमा राखेर उपचार गर्नुपर्छ, पिसाब रोकिएका कारण अप्रेशन पनि गर्नुपर्ने हुन्छ भन्दै अस्पतालले पैसाको बन्दोबस्त गर्नु भनेर जानकारी गराएको विरामीका भतिज पर्ने सन्तोष गुरुङले बताए ।

उनले भने – ‘ पैसाको व्यवस्था हुन्छ तर छोरा र छोरी ईण्डियाबाट आउँदैछन् उनिहरु नआईन्जेल सम्म केही पनि नगर्नु भन्दा भन्दै पनि डाक्टरले अप्र्रेशन गरेर अहिले विरामीको मृत्यु समेत भएको छ’

यति मात्र होईन अस्पताल प्रशासनले विरामी र आफन्त विच हुने सम्झौता पत्रमा पनि विरामीको आफन्तको किर्ते सही गरेको छ ।
विरामी तलमाथी भएको खण्डमा अस्पताल प्रशासन जवाफदेही हुने छैन भन्ने सम्झौता पत्रमा फर्जी सहि गरेर आफुहरुलाई देखाएको आफन्तले बताएका छन् ।

धनबहादुरका आफन्तले आफूहरुले न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् । बिस्तारै निको हुँदै गएको बिरामीको मनमोहन मेमोरियल अस्पतालले अनाहकमा ज्यान लिएको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् । अस्पतालले अहिले प्रशाशनभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।


सम्बन्धित खबरहरु