प्रतिनिधि सभाको पुनर्स्थापनापछि आज पहिलो बैठक

ओकेखबर संवाददाता ३ श्रावण २०७८, आईतवार ०८:३३ मा प्रकाशित ( साल अघि) २३४ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनर्स्थापना गरेपछि पहिलो पटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आज अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।

आजै अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ। अघिल्लो सरकारले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो।

बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायत सबैको कोरोना परीक्षणसमेत भइसकेको छ।


सम्बन्धित खबरहरु