देशलाई सम्झिन मैले रात पर्खिनु पर्छ

सुनिता गिरि २३ असार २०७८, बुधबार २२:३९ मा प्रकाशित ( साल अघि) ७१४ पाठक संख्या

समुन्द्र पारीको यो अध्यारो शहरबाट
मेरो उज्यालो देश सम्झन
मैले रात पर्खिनु पर्छ !
जव कि
यो कन्क्रीट्को शहरमा
बिहान दिउसो अथवा साझ
मैले आफैलाई बिर्सिनु पर्छ
कहिले आफै लाई लाग्छ
म मेशिन हु
प्राणहिन तर गतिशिल
कहिले सम्झन्छु आफैलाई
म कारखाना हु
उत्पादक तथा मुल्यहिन
तर
म त जिवित मानिस हु
मलाई मानिस कै रुपमा चिन्न
प्रथमतः
मेरो सङ्हर्ष र दुखको घाउ चिन्नु पर्छ
मेरो रगत पसिना अनि चहर्याइरहेको तातो आशुको रङ चिन्नु पर्छ !

को हु म भनेर चिन्न कहिले
आफैलाई बेस्सरी चिमोटेकी छु
कहा छु भनेर बुझ्न कहिले
हिडिरहेका आफ्नै पैतालाका डोबहरुलाई फर्की फर्की हेरेकी छु
जव स्पष्ट चिन्छु आफुलाई
मेरो माटोको माया बल्झेर आउछ
तर यो उजाड परदेश बाट
मेरो आफ्नो देश सम्झिन
मैले रात पर्खिनु पर्छ !.

सन्सार मै कृतिमान राख्ने
मेरो अग्लो त्यो सगरमाथा
चादी झै टल्केको हिमशिखरबाट
सर्दै आएका ताराहरु गन्दै
मैले त्यो निस्पट्ट रातमा
आसु पुछेको कसैलाई थाहै छैन !

मेरो झरनै झरनाको देशबाट
बग्दै आएर यहाको समुन्द्रमा तैरिएका
मेरा प्रीयजनहरुको अनुहार हेर्दै
मैले चिच्याएर रोएको याहा कसैलाई वास्तै छैन

हिड्ने साइतमा बाबाको ढाडस
आमाको टिका र आशिष
आफन्तको मलिन अनुहार
देवीदेउराली शिरमा राखी

सिरानी भिजेको
अनिदो रात
यहा कसैलाई पत्तै छैन
तेसैले
यहा आवाज निकालेर रुनलाई
मैले रात पर्खिनु पर्छ
र रातलाई आफ्नो बनाउनलाई
मैले
मेरो प्रीय दिनलाई बिदा गर्नु पर्छ !
रचनाकार सुनिता गिरि हङकङ साहित्यिक साझा शृङ्खला कि निवर्तमान संयोजक हुन् ।


सम्बन्धित खबरहरु