आज: 

सुनिल सेट्टीका छोरा अहान अक्षय कुमारसँग फिल्म खेल्दै

ओके खबर ८ असार २०७८, मंगलवार १०:३७ मा प्रकाशित ( साल अघि) ३६५ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ अझै रिलिज भएको छैन । डेब्यू फिल्म रिलिज नहुँदै उनीको हातमा अर्को ठुलो प्रोजेक्ट परेको छ ।

तडपकै निर्माता साजिद नाडियावालाको ठुलो प्रोजेक्टमा अक्षय कुमारसँग अहान अक्षयकुमारसँग फिल्ममा देखिनेछन् । यद्यपि फिल्मको बारेमा धेरै जानकारी बाहिर आएको छैन । तर फिल्म एक्सन थ्रिलर जनराको हुने भारतीय मिडियामा उल्लेख गरिएको छ ।

अक्षय कुमार र सुनिल सेट्टीबीच राम्रो सम्बन्ध रहेको छ । दुबै जनाले धेरै फिल्ममा सँगै काम गरेका छन् । मार्च महिनामा अक्षयले तडपको पोस्टर सेयर गर्दै अहानका लागि ठुलो दिन रहेको बताएका थिए ।

फिल्ममा अहान बाहेक तारा सुतरिया, सुनिल सेट्टी, स्वति कपूर, सरत सक्सेना लगायतका अन्य कलाकारको अभिनय रहेको छ ।

तडपलाई मिलन लुथरियाले निर्देशन गरेका हुन् । फिल्म सेप्टेम्बर २४ मा रिलिज हुनेछ ।


सम्बन्धित खबरहरु