आज: 

आलिया भट्टलाई कोरोना संक्रमण

ओके खबर २० चैत्र २०७७, शुक्रबार ०९:३४ मा प्रकाशित ( साल अघि) ६१७ पाठक संख्या

काठमाडाैं । भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेका बेलाबलिउड चर्चित अभिनेत्री आलिया भट्टमा पनि कोरोना संक्रमण भएको छ।

केहि समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो।

त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन्। त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ।

केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो। तर, रणबीरले संक्रमण जितिसकेका छन् ।


सम्बन्धित खबरहरु