फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, घाटा रहेको निगमकाे दावी

ओकेखबर संवाददाता ४ चैत्र २०७७, बुधबार ०७:०५ मा प्रकाशित ( साल अघि) ७०२ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो। यसअघि निगमले फागुन १७ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलको मूल्य ११८ रुपैयाँ, प्रतिलिटर, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम गरिएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिरट ११६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ थियो ।

निगमले हवाई इनधनको मूल्य पनि बढाएको छ। हवाई इनधन आन्तरिक तर्फाको उडानमा निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाउँदै ७४ रुपैयाँ कायम गरिएको छ। यसअघि उक्त इनधनको मूल्य प्रतिलिटर ७२ रुपैयाँ थियो। मूल्य बढाए पनि निगमले पाक्षिक रुपमा घाटा रहेको दावी गरेको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९.३५ रुपैयाँ, डिजेलमा ५.८० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमको दावी छ।

यसरी पाक्षिक रुपमा १ अर्ब २७ करोड रुपैयाँ घाटा हुने प्रक्ष्येपण निगमले गरेको छ।


सम्बन्धित खबरहरु