खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण छैन, खोप लगाउन नरोक्नुः डब्लुएचओ

ओकेखबर संवाददाता ३ चैत्र २०७७, मंगलवार ०८:३८ मा प्रकाशित ( साल अघि) ५३२ पाठक संख्या

एजेन्सी । युरोपका विभिन्न देशहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता प्रदान गर्न आग्रह गरेको छ । खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको डब्लुएचओले जनाएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशमा तत्कालका लागि खोप अभियान रोकिएको हो ।

पछिल्लोपटक सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डस, जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कम्तीमा मार्च २९ सम्मका लागि बन्द गरेको छ ।

नर्वेमा खोप लगाएका वयस्कमा ब्लड कल्ट बनेको भन्ने खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो ।

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले खोप र ब्लड कल्ट सम्बन्धमा अहिले अनुसन्धान गरिरहेको छ ।

यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।

डब्लुएचओका खोप सुरक्षा विज्ञहरुको बैठक मंगलबार बस्दैछ । सो बैठकमा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपका सम्बन्धमा छलफल हुनेछ ।

बेलायतसहित युरोपका विभिन्न देशमा अहिलेसम्म एक करोड ७० लाख भन्दा बढि मानिसले खोपको पहिलो डोज लिएका छन् । गएको हप्तासम्म ४० जनामा ब्लड कल्टको विकास भएको थाहा भएको छ ।


सम्बन्धित खबरहरु