विवाहको नाटक गरेर बला*त्कार

ओकेखबर संवाददाता २ चैत्र २०७७, सोमबार ०८:१४ मा प्रकाशित ( साल अघि) ४७४ पाठक संख्या

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बला*त्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बला*त्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौ*नसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बला*त्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो । यो
–नेपाल समाचारपत्र


सम्बन्धित खबरहरु