श्रीलंका : बुर्कामा प्रतिबन्ध, एक हजारभन्दा बढी इस्लामिक विद्यालयहरु बन्द गरिने

ओकेखबर संवाददाता १ चैत्र २०७७, आईतवार ०७:४९ मा प्रकाशित ( साल अघि) ७०८ पाठक संख्या

कोलम्बो । श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध गरिने भएको छ । श्रीलंकामा रहेका अल्पसंख्यक मुस्लिमहरुलाई असर पार्ने गरि एक हजारभन्दा बढी इस्लामिक विद्यालयहरुमा बन्द गरिने भएको छ ।

सार्वजनिक सुरक्षामन्त्री साराथ विरासेकेराले शनिबार पत्रकार सम्मेलनमा भने, “‘राष्ट्रिय सुरक्षा’ का लागि बुर्कामा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।” मुस्लिमन महिलाहरुले अनुहारदेखि शरीरका सबै भाग छोपिने गरि लगाइने वस्त्र हो ।

उनले थपे, “सुरुवाती दिनहरुमा मुस्लिम महिला र किशोरीहरुले बुर्का लगाउने चलन थिएन । पछि धार्मिक अतिवाद बढेपछि बुर्का लगाउने चलन आएको हो । हामी यसलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णयमा पुगेका हौं ।”

सन् २०१९ मा श्रीलंकाको एक चर्चमा आक्रमण भएपछि बुर्का लगाउन आंशिक प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ मा भएको विस्फोटक आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको थियो ।

सरकारले बुर्का लगाउन प्रतिबन्ध गर्ने निर्णय गरेपछि त्यसको अधिकारकर्मीहरुले विरोध गरेका छन् । उनीहरुले मुस्लिम महिलाहरुको धार्मिक स्वतन्त्रताको अधिकारको उल्लंघन गरेको बताएका छन् ।

त्यसैगरि मुलुकमा रहेका एक हजारभन्दा बढी इस्लामिक विद्यालयहरुसमेत बन्द गर्ने निर्णय भएको सुरक्षामन्त्री विरासेकेराले बताएका छन् । राष्ट्रिय शिक्षा नीतिलाई लागु गर्न इस्लामिक विद्यालय बन्द गर्न लागिएको बताइएको छ ।

उनले भने, “कसैलाई जे मन लाग्यो, त्यही सिकाउनका लागि विद्यालय खोल्‍ने अधिकार छैन ।” – अलजजिरा


सम्बन्धित खबरहरु