उच्च अदालतमा सिफारिस भएका १८ न्यायाधीशहरु को-को हुन् ? (सूचीसहित)

ओकेखबर संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार १७:५० मा प्रकाशित ( साल अघि) ५५३ पाठक संख्या

काठमाडौं । न्यायपरिषद्‌ले १८ जनालाई उच्च अदालतहरुको न्यायाधीशमा सिफारिसगरेको छ । शुक्रबार बसेको न्यायपरिषद्‌को बैठकले १८ जनालाई उच्‍च अदालतहरुको न्यायाधीशमा सिफारिस गरेको हो ।

जसमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट दुईजना नारायणप्रसाद पौडेल र ऋषिराज भण्डारीलाई क्रमशः उच्च अदालत पाटन र पोखराका लागि सिफारिस गरिएको छ ।

त्यसैगरि सात जना जिल्ला न्यायाधीशहरुलाई पनि विभिन्‍न प्रदेशमा रहेका उच्च अदालतहरुमा सिफारिस गरेको छ भने दुई जनालाई न्याय सेवा राजपंत्राकित प्रथम श्रेणीका अधिकृतमध्येबाट सिफारिस गरिएको छ ।

न्यायपरिषद्‌को बैठकले अधिवक्ताहरुमध्येबाट पनि ७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

शुक्रबार नै बसेको न्यायपरिषद्‌को बैठकले दुई जना उच्च अदालतका न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुँडाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिस भएका सबै न्यायाधीशरुको संसदीय सुनुवाइपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

 


सम्बन्धित खबरहरु