वर्षा र हिमपातको सम्भावना, यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान

ओकेखबर संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार ०८:४८ मा प्रकाशित ( साल अघि) ४१७ पाठक संख्या

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान

फाल्गुन २१ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २२ गते (शनिबार)
दिउँसो : प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
राती : सुदुर पश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बाग्मती प्रदेशको को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २३ गते (आईतबार)
दिउँसो : पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
राती : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा साथै बांकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।


सम्बन्धित खबरहरु