बेलायतमा खतरनाक बनेर निस्कियो कोरोना, एकै दिन सात सयभन्दा बढीको मृत्यु

ओकेखबर संवाददाता ९ पुष २०७७, बिहीबार ०७:५६ मा प्रकाशित ( साल अघि) १०९१ पाठक संख्या

लन्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी एकैदिनमा सात सय भन्दा बढीको मृत्यु भएको छ ।

हाल बेलायतमा कोरोना भाइरसले नयाँ स्वरप परिवर्तन गेरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा मात्र थप सात सय ४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ । यसैगरी केरोना भाइरसका संक्रमितको संख्या पनि दोस्रो लहर सुरु भएयताकै सबै भन्दा बढी भएको छ ।

संक्रमित संख्या पनि गएको २४ घण्टामा ३९ हजार २७ ३ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।


सम्बन्धित खबरहरु