सरकारले ताेक्याे उखुको मूल्य

ओकेखबर संवाददाता २७ मंसिर २०७७, शनिबार ०९:५४ मा प्रकाशित ( साल अघि) २८५ पाठक संख्या

काठमाडौं । सरकारले चालु सिजनको लागि उखुको मूल्य प्रतिक्वीन्टल पाँच सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ। यो न्यूनतम् समर्थन मूल्य भएको सरकारले जनाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। गत वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३४ रुपैयाँ ५६ पैसा पाएका थिए। यस वर्ष सरकारले तोकेको मूल्य गत वर्षभन्दा ८ रुपैयाँ २३ पैसा बढी हो।

लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उखुको मूल्य निर्धारण गरेको हो।

उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार उखुको उत्पादन लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा जोडेर पाँच सय ४४ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरिएको हो ।

उखु किसानले भने सरकारले निर्धारण गरेको मूल्यमा चित्त बुझाएका छैनन् । देशकै सबैभन्दा धेरै उखु खेती हुने सर्लाहीका उखु किसानले यस वर्ष उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गर्दै गत साता सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।


सम्बन्धित खबरहरु