प्रभु बैंकबाट नगद झिक्न चेक तथा एटीएम बोक्न नपर्ने

ओकेखबर संवाददाता २७ कार्तिक २०७७, बिहीबार २२:०६ मा प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

एजेन्सी । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले समेत उपभोग गर्न सक्नेछन् ।

यो नेपाली बैंकिङ इतिहासमा नवीनतम् प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयका नगद काउण्टरबाट सहज रूपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नको लागि चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहक मुक्त हुनेछन् ।

बैंकले सञ्चालनमा ल्याएको यस नवीनतम् सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ ।


सम्बन्धित खबरहरु