देशभर थपिए काेराेनाका ३०९३ संक्रमित

ओकेखबर संवाददाता ४ कार्तिक २०७७, मंगलवार १६:४८ मा प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

मनत्रालयका अनुसार संक्रमितमध्ये २ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् भने ७ सय ६५ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।


सम्बन्धित खबरहरु