लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश

ओकेखबर संवाददाता २८ आश्विन २०७७, बुधबार १७:२६ मा प्रकाशित ( साल अघि) ३१४ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ । आयोगले यसअघि सूचना प्रकाशित गरेर कोरोना संक्रमित व्यक्तिलाई परीक्षमा राख्न नसकिने जनाएको थियो । आयोगको सो निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हो ।

आयोगले मिति २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जना अन्तर्वार्ताको लागि सिफारिस भएका थिए। २०७७ असार ३१ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो तर देशभर कोरोना भाइरसका कारण लकडाउन भएकाले अन्तर्वार्ता स्थगनको सूचना जारी भयो। स्थगित भएको परीक्षा असोज २९ गते गर्ने भनी लोकसेवा आयोगले सूचना जारी गर्‍यो।

यसरी लिखितमा नाम निस्केनेमध्येका एक जना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भए। कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए।


सम्बन्धित खबरहरु