चेल्सी घरेलु मैदानमै लिभरपुलसँग पराजित

ओकेखबर संवाददाता ५ आश्विन २०७७, सोमबार ०७:५० मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

एजेन्सी । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जीत हात पारेको छ ।

प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले पराजित गरेको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस क्रिष्टेन्सन रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार मिनेटभित्र २ गोल खान पुग्यो ।

लिभरपुलका लागि सादियो मानेले खेलको ५० र ५४ औँ मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए ।

जितसँगै लिभरपुलको ६ अंक भएको छ भने चेल्सीको ३ अंकमात्रै रहेको छ ।


सम्बन्धित खबरहरु