बलिउड अभिनेत्री कंगनाकाे अफिसमा डाेजर चलाइयाे, यस्ताे छ कारण

ओकेखबर संवाददाता २४ भाद्र २०७७, बुधबार १४:२६ मा प्रकाशित ( साल अघि) ४९८ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतको मुम्बईस्थित अफिसमा डोजर चलाइएको छ । अफिसमा अवैध निर्माणलाई लिएर बृहन्मुम्बई महानगरपालिका ९बीएमसी०ले डोजर चलाएको हो । यसअघि बीएमसीले अवैध निर्माण रोक्न दोस्रो पटक सूचना पठाएको थियो ।

सूचना पठाएको केही बेरपछि नै बीएमसीको टोली बुलडोजर, क्रेन र हथौडासहित कंगनाको अफिसमा पुगेर तोडफोड गरेको भारतीय अखबारको अनलाइन संस्करण दैनिक भास्करले उल्लेख गरेको छ ।

उता, कंगनाले कारबाहीका विषयमा लगातार ४ ट्वीट गरेकी छन् । आफ्नो लागि उक्त अफिस सिर्फ एक भवन मात्र नभएर राम मन्दिर भएको उनले बताएकी छन् ।

बीएमसीको कारबाहीविरुद्ध कंगनाका वकिलले उच्च अदालतमा निवेदन दिएका छन् ।


सम्बन्धित खबरहरु