सुशान्त आत्महत्या प्रकरण: पूर्वप्रेमिका रिया चक्रवर्ती पक्राउ

ओकेखबर संवाददाता २३ भाद्र २०७७, मंगलवार २०:१२ मा प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

एजेन्सी । सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका तथा भारतीय कलाकार रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेको छ । मंगलवार एनसीबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतीय मिडिया जी न्यूजका अनुसार रियाले सुशान्तलाई लागूऔषध दिइएको आरोपमा पक्राउ गरेको हो । यो केशमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ भने रियालाई पनि सोधपुछ गरेको छ ।

गत १४ जुनमा सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । उनको आत्महत्यापछि प्रेमिका रियालाई शंकाको घेरामा राख्दै सीबीआई र एनसीबीको टिमले अनुसन्धान गरिरहेको छ ।

जी न्यूजले सुशान्तलाई ड्रग्स दिएको रियाले स्वीकारेको बताएको छ ।


सम्बन्धित खबरहरु